अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)

अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)


काठमाडौं – हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्य फेरिन सकेका छैनन्। न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन। नेपालको इतिहास झल्काउने राजामहाराजाका फोटा, सालिक, मूर्ति फालिएको अवस्थामा छन्। केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ। गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ।

सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ। तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन। सिंहदरबारभित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन। पावर र पासबिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन। अधिकतर सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्ने कुरा पत्तै पाएका छैनन्। प्रधानमन्त्री, मन्त्रीहरूका कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमुना होला भन्ने लाग्छ नै। तर सोचजस्तो छैन सिंहदरबार।

त्यहाँभित्रका दृश्य अव्यवस्थित छन्। सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरूमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ। नयाँ, पुराना सवारीसाधन बेवारिसे बनेका छन्, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन्। मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधन त्यत्तिकै मिल्काइएको छ। यो बहुमूल्य सम्पदा जोगाउने एजेन्डा कोहीसँग छैन। सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवाला सिंहदरबारको मुटु जोगाउने विषयमा बेखबर छन्। यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्ने छैन।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी दृश्य:

पुराना सरसामान र गाडी ।

पुराना सरसामान र गाडी ।

गृह मन्त्रालयको पुरानो भवनअगाडिको सडक ।

फोहोर पोखरी ।

सडकमै सुतेका कुकुर ।

सिंहदरवारको पुर्वी ढोका नजिक सडक किनारामा खनेर छोडिएको खाडल ।

पुरानो संसद भवनमा राखिएको खतराको बोर्ड ।

एक क्याण्टिन अगाडि राखिएको पुराना कागजात ।

फुटपाथको बाटोमा भुमिगत विद्युतीय तार र ट्राफिकको बोर्डलगायत अवरोध ।