अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले जिते सिंगापुर,गठबन्धनले जिते श्रीलंका : महेश बस्नेत

एमालेले जिते सिंगापुर,गठबन्धनले जिते श्रीलंका : महेश बस्नेत


भक्तपुर- नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले नेपाललाई श्रीलंका बनाउने कि सिंगापुर बनाउने भन्ने कुरा यसपालीको निर्वाचनले प्रष्ट पार्ने बताउनुभएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ का संघीय संसदका उम्मेद्वार बस्नेतले एमालेले जिते देश सिंगापुरको बाटोमा जाने र गठबन्धनले जिते देश श्रीलंकाको बाटोमा जाने बताउनुभयो । ‘नेपाललाई हामी श्रीलंका बनाउने कि सिंगापुर’ बस्नेतले कार्यकर्ता माझ भन्नुभयो ‘त्यस कारण हामीले सुझबुझ प्रयोग गरौं । एमालेलाई मत दिएर देशलाई सिंगापुरको बाटोमा हिडाऔं ।’
बस्नेतले निर्वाचनका लागि एमालेले चारवटा रणनीति अपनाउनु पर्ने बताउनुभएको छ । कार्यकर्ताहरुलाई निर्देशन दिंदै उहाँले पहिलो चरणमा प्रत्येक मतदाताको घरघरमा एमाले कार्यकर्ता पुग्नुपर्ने बताउनुभयो । दोस्रो चरणमा टोलटोलमा भेलाको आयोजना गर्नुपर्ने उहाँको धारणा छ । ‘यस्तो बेलामा उम्मेद्वार सकेसम्म पुग्ने पुग्न नसके स्थानीय नेताले उम्मेद्वारको प्रतिनिधीको रुपमा पार्टीका धारणा राख्नुपर्दछ ’ बस्नेतले भन्नुभयो ।
तेस्रो चरणमा उम्मेद्वार सहितको घरदैलो कार्यक्रम र चौथो चरणमा आक्रमक रुपमा विपक्षीको भण्डाफोर गर्नुपर्ने बस्नेतले बताउनुभयो । यस चरणमा पार्टी र उम्मेद्वारलाई लागेका आरोपको खण्डन र विपक्षी उम्मेद्वारको भण्डाफोर गर्न बस्नेतले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।