अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेभित्र गुटबन्दी छैन : अध्यक्ष ओली

एमालेभित्र गुटबन्दी छैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेभित्र कुनै प्रकारको गुटबन्दी नरहेको दाबी गर्नुभएको छ ।

नेकपा एमाले ललितपुरले तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

एमालेको अभियानमा लागेका नेताकार्यकर्तालाई सानो चित्त नबनाउन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी देश बनाउने संकल्पमा, समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्पमा हामी छौँ । त्यस संकल्पमा अगाडि बढ्छौं । अहिले निर्वाचन जित्नुपनि पर्‍या छ । निर्वाचन जित्ने, सरकार बनाउने, सरकार ठिक ढंगले चलाउने, संसद् ठिक ढंगले चलाउने र पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी हुन नदिने ।’

अहिले एमालेमा गुटबन्दी नरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब नेकपा एमालेभित्र गुटबन्दी छैन, हुँदैन, हुन दिइँदैन ।’

पार्टी कार्यकर्तालाई काखापाखा पनि नगरिने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोही काखा, कोही पाखा । कोही नजिक, कोही टाढा । कोही अवसरै अवसरमा थिचिने कोही अवसरको नजिक पनि नपुग्ने यसो हुन दिइँदैन ।’