अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चुनाव जित्नुपर्छ : सर्वेन्द्र खनाल

एमालेले चुनाव जित्नुपर्छ : सर्वेन्द्र खनाल


काठमाडौं – नेकपा एमालेको तर्फबाट काठमाडौं-६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू व्यक्तिगत जितका लागि नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताउनु भएको छ ।

नेकपा एमाले काठमाडौं ६, प्रदेश (ख) निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा (ख) का एमाले उम्मेदवार अमनकुमार मास्केले विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।