अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेंगीबाट थप एक जनाको मृत्यु

डेंगीबाट थप एक जनाको मृत्यु


काठमाडौं – डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

गत साउनदेखि हालसम्म ४३ हजार ६८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ।

शनिबार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ७९८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७१६ छ। हालसम्म नेपालमा १० लाख ४१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये नौ लाख ८७ हजार ६८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ।

शनिबार २३ हजार ६०७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म दुई करोड ३२ लाख आठ हजार ४८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार ९३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार ७९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन्।