अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विरोध खतिवडा र इन्द्र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण

विरोध खतिवडा र इन्द्र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौं – निर्वाचन आयोगले एकीकृत समाजवादीका मकवानपुर क्षेत्र-२ का उम्मेदवार विरोध खतिवडा र नेपाली कांग्रेसका मकवानपुर क्षेत्र-२ (ख) का प्रदेशसभा उम्मेदवार इन्द्र बाँनियालाई स्पष्टीकरण सोधेको छ ।

 ‘मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले उनीहरूलाई भनेको छ ।