काठमाडौं-बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आइतबार (आज) अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ। शुक्रबार अपरान्ह अनुसन्धान प्रतिवेदन प्रहरीले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको बतायो। आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ । सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो।
सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्।
प्रतिक्रिया