दोलखा – नेकपा एकीकृत समाजवादी दोलखाका सचिवालय सदस्यसहित भीमेश्वर नगर–१ को पुरै कमिटी नेकपा एमालेमा फर्किएका छन् ।
चुनावी अभियानअन्तर्गत आज सुष्पा क्षमावतीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा तीन जना जिल्ला सदस्यसहित नेकपा एसको कमिटी माईन्युट हस्तान्तरण गर्दै एमालेमै फर्किएको हो ।
कार्यक्रममा नेकपा एसका जिल्ला कमिटीका सचिवालय सदस्य केशर थामी, केशवप्रसाद शिबाकोटी, भवानीप्रसाद थपलिया, वडा कमिटीकी सिर्जना कार्कीसहित कमिटीका पदाधिकारी र सदस्यहरू रहेको ३० सदस्यीय कमिटी एमालेमा समाहित भएको छ ।

प्रदेशसभा सदस्य (ख) का एमाले उम्मेदवार भरतबहादुर केसी, बागमती प्रदेश कमिटी सदस्य डबल पाण्डे, बागमती प्रदेश कमिटीका सल्लाहकार कृष्ण बस्नेत, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव टेक घताने लगायतले प्रवेशीहरुलाई स्वागत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले पार्टीमा समाहित हुने सबैलाई उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रियता एकता सुदृढ गर्दै समृद्धिको एजेण्डा पूरा गर्ने एमालेको अभियानमा सरिक हुन सबैलाई आग्रह गर्नुभयो ।






प्रतिक्रिया