अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रका सल्लाहकार श्रेष्ठलाई एमालेमा स्वागत

माओवादी केन्द्रका सल्लाहकार श्रेष्ठलाई एमालेमा स्वागत


कपिलवस्तु – नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य तथा पूर्व पोलिटव्यूरो सदस्य भानुप्रकाश श्रेष्ठ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

तत्कालीन नेकपा मालेको कपिलवस्तुका संस्थापक सचिवसमेत रहेका नेता श्रेष्ठ जनयुद्ध शुरू हुनु पूर्व माओवादी प्रवेश गर्नुभएको थियो । जनयुद्धबाट मुलुक परिवर्तन हुन्छ भनेर राजनैतिक कमिसारको रूपमा नेतृत्व गरेका नेता श्रेष्ठ अन्ततोगत्वा एमालेमा फर्किनुभएको छ ।

उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले श्रेष्ठलाई बुटवलमा शनिबार पार्टी प्रवेश गराउनुभयो ।

सोही कार्यक्रममा माओवादीका प्रदेश कमिटी सल्लाहकार जगत गैरे पनि एमालेमा प्रवेश गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य गिरधारिलाल न्यौपाने, प्रदेश नेता कृष्ण पौडेल, नेतृ बिमला चौधरी नेकपा–एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो ।