काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्वउपमेयर तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निर्मला थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
उहाँसँगै समाजवादीकै बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
यसअघि शनिबार ललितपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता रत्नमान महर्जन, बलराम महर्जन, हीराकाकी महर्जन, नेकपा एसका रामसिंह महर्जनलगायत १०६ जना जिल्लास्तरीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
















प्रतिक्रिया