अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकास गर्ने पार्टी एमाले मात्र हो : टोपबहादुर रायमाझी

देश विकास गर्ने पार्टी एमाले मात्र हो : टोपबहादुर रायमाझी


अर्घाखाँची – नेकपा एमालेका सचिव तथा अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार टोपबहादुर रायमाझीले देश विकास गर्ने पार्टी एमाले मात्रै रहेको बताउनुभएको छ ।

नेकपा एमाले मालारानीले गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रायमाझीले मंसिर ४ गते हुने चुनावमा एमाले विजयी हुने बताउनुभयो ।

नेता रायमाझीले जनताको सेवा र जिल्लाको विकास बाहेक आफूले केही कुरा नसोचेको बताउनुभयो। जिल्लाको विकासको निम्ति धेरै महत्त्वपूर्ण काम उहाँको भनाइ छ। उहाँले सडक, खानेपानी, सिंचाई ,विद्युतको क्षेत्रमा जिल्लामा ऐतिहासिक काम गरेको बताउनुभयो ।

देशभर एमालेले गरेका काम र आफूले जिल्लामा गरेका काम जनताले देखिरहेका भन्दै उहाँले निष्पक्ष मूल्यांकन गर्न र भोट दिन आग्रह गर्नुभयो । एमालेले गरेका हरेक काम जनताले देखेकाले आलोचनाको कुनै औचित्य नभएको रायमाझीले बताउनुभयो ।

सचिव रायमाझी भन्नुभयो, ‘हिजोसम्म विकासप्रेमी नेता, काम गर्ने तरिका उहाँबाट सिकौं भन्दै प्रशंसा गरेर नथाक्ने कथिपय अरु दलका साथीहरूले चुनावको मुखमा हाम्रो आलोचना गरेको सुनेको छ, उहाँहरुको भ्रमपूर्ण अभिव्यक्ति सुनेर धेरै दु:ख लागेको छ, जिल्लाको विकास र जनसेवा बाहेक मैले अरु केही सोच्नै सक्दिनँ ।’