काठमाडौं – नेपाल समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि घोषणापत्र ल्याएको छ।
यो पटक नेकपा माओवादी केन्द्रको हँसिया हथौडा लिएर चुनाव लडिरहेको उक्त पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उक्त घोषणापत्र लेख्नुभएको हो ।
समाजवादीको घोषणापत्रमा अहिलेको संविधान र लोकतन्त्र अझै अधुरो रहेको उल्लेख गरिएको छ।
‘हामीले अहिले अभ्यास गरिरहेको लोकतन्त्र सीमित र औपचारिक प्रकारको लोकतन्त्र हो । मुलुकका सम्पूर्ण नागरिकलाई वास्तविक रूपमा सार्वभौमसत्ता सम्पन्न नबनाईकन लोकतन्त्र सबल, सक्षम र कामयावी हुँदैन’, घोषणापत्रमा भनिएको छ, ‘यो औपचारिक लोकतन्त्रलाई पूर्ण लोकतन्त्रमा रूपान्तरण गर्न वर्तमान संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लगायतका निम्ति संशोधन गर्नु पर्दछ।’
उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद नभएसम्म लोकतन्त्र अधुरै रहने पनि उल्लेख गरेका छन्।
‘प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद सहितको शासकीय स्वरूप नहुनु, राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुरूपको प्रादेशिक सीमांकन नहुनु, नागरिकता सम्बन्धि प्रावधानमा लैङ्घिक तथा अन्य कतिपय प्रकारको विभेद कायम नै रहनु र शासकीय तह/संचरनामा कतिपय पुराना आधार कायमै राख्नुले, यो संविधान पूर्ण लोकतान्त्रिक छैन भन्ने हाम्रो मान्यता रहेको छ’, घोषणापत्रमा भनिएको छ, ‘त्यसैले हामीले यो संविधानलाई पहिलेदेखि नै आधा पानी भरिएको, आधा खाली रहेको गिलाससँग तुलना गरेका हौँ।’
चुनावी प्रतिवद्धता पत्र






प्रतिक्रिया