अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सानिमा बैंकले बाँड्दैछ सेयरधनीलाई १ अर्ब

सानिमा बैंकले बाँड्दैछ सेयरधनीलाई १ अर्ब


काठमाडौं – सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने घोष्णा गरेको छ।

बैंकको सञ्चालक समितिले ११ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेको हो। जसमा १ अर्ब १३ करोड रुपैयाँ नगद लाभांश र ११ करोड १० लाख बराबरको सेयर बोनस वितरण गर्ने बैंकले जनाएको छ।

बैंकले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख गरेको छ।

यसरी वितरण गर्न राष्ट्र बैंकले सहमति दिनुपर्छ भने साधारण सभाबाट पारित हुनु पर्छ।