अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले घोषणापत्र तिहारपछि मात्र ल्याउने

एमालेले घोषणापत्र तिहारपछि मात्र ल्याउने


काठमाडौं – नेकपा एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्र ल्याउने भएको छ ।

एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा छन् । उहाँले भन्नुभयो, ‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ । सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो ।’

एमालेले विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको एमाले नेताहरुको भनाइ छ ।