काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग गरेको टेलिफोन संवादको भिडिओ उहाँको सचिवालयले क्रमश: सार्वजनिक गरिरहेको छ।
उहाँसँग टेलिफोन संवाद गर्न चाहने दुई लाखभन्दा धेरैमध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरेको हो।
पछिल्लो पटक एकजना सर्वसाधारण सुशील गौतमसँग भएको टेलिफोन संवाद सार्वजनिक गरिएको छ।
टेलिफोन संवादका क्रममा गौतमले ओलीसँग भेट्न चाहेका छन्। उहाँ सोध्नुहुन्छ, ‘तपाईंलाई कहाँ भेट्न सकिन्छ ? ओली भन्नुहुन्छ, ‘केन्द्रीय कार्यालयमा आउनु भएहुन्छ, बालकोटमा आउनु भए पनि भेट हुन्छ।’
त्यसपछि सुशीले फेरि सोध्नुहुन्छ, ‘बालुवाटारमा आउँदा भेट्न सकिएला ?’ ओली जवाफमा भन्नुहुन्छ, ‘ बालुवाटारमा चाहिं अलिक पछि (मंसिर ४ पछि), आए हुन्छ।’
ओलीले यसअघि सामाजिक सञ्जालमार्फत आफूसँग कुरा गर्न चाहनेलाई आह्वान गर्नुभएको थियो । मंसिर ४ को चुनावलाई लक्षित गरी अरु दलभन्दा फरक प्रचार रणनीतिसहित उनले सर्वसाधारणसँग संवाद गरिरहेका छन्।






प्रतिक्रिया