चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान साढे ५ बजे ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनील महतोको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् । पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया