कावासोती- नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको जिल्ला अस्पतालमा निशुल्क रुपमा पहिलो पटक शल्यक्रिया गरी छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ बर्षीय तुलबहादुर सार्कीको दाहिने हात आगोमा परेर पोलिएको थियो ।
पहाडी भेगका विपन्न समुदायका उनको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भनिन्– ‘हामीलाई त पोलेको घाउ कसरी सच्चो होला भनेको त छाला समेत राम्रो हुन्छ भर्दा खुसी छौं, अस्पतालबाट गाउँ जादा सबै खुसी हुन्छन् होला’।
हातको कुहिनो ( एल्बो) एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अती विपन्न समुदायका ब्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइ मार्फत उनको सम्पुर्ण खर्च निशुल्क हुने गरी उपचार गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले बताए । नवलपुर जिल्लामा सरकारी र नीजि क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छाला प्रत्यारोपण गर्न अस्पताल सफल हो ।
जनरल सर्जन डा. अर्चन घिमिरे, डा. कमलराज न्यौपाने, डा. जितेन्द्र कण्डेलको टीमले शल्यक्रिया मार्फत छालाको प्रत्यारोपण गरेको थियो । डढेको भाग पहिले जस्तै हुने भएपछि खुसी छुँ सार्कीले भने–‘यस्तो हुन्छ भनेर सोचेकै थिइन अहिले सेवा पाए ’ । जिल्ला अस्पतालबाट शल्यक्रियाको सेवा सुरु भएपछि यहाँका नागरिकले सेवा पाएका छन् ।
प्रतिक्रिया