काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको चुनावी आमसभा पश्चिमी उत्तरी सिमा दार्चुलाबाट सुरु गर्ने हुनु भएको छ । आफूले नक्सामा फर्काएको लिम्पियाधुरा र लिपुलेकको भूमीबाट प्रचार सुरु गर्ने योजना पहिला नै बनाउनुभएको थियो ।
अध्यक्ष ओलीले दार्चुलामा गएर लिपुलेकको नक्सा मात्र होइन भूमी नै फिर्ता ल्याउनका लागि एमालेलाई बहुमतको सरकार बनाउन सहयोग गर्न आम नेपालीलाई दार्चुलाबाट नै आहवन गर्नुहुने छ ।
केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार यसपाली करिब ५५ वटा आमसभामा सम्बोधन गर्ने तयारी छ । ‘एकैदिन ५ वटासम्म आमसभालाई सम्बोधन गर्ने तयारी छ । कार्यक्रम कहाँ कहाँ कहिले गर्ने भन्ने छलफल मै छ ’ अधिकारीले भन्नुभयो । दार्चुलाबाट असोज १८ गते सुरु भएको कार्यक्रम मौन अवधी लाग्नु अघि मंसिर १ गते मोरङमा गएर आमसभाको समापनको तयारी छ ।






प्रतिक्रिया