अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बङ्गलादेशमा ५० मेगावाट विद्युत् निर्यात गर्छौँ: राजदूत भण्डारी

बङ्गलादेशमा ५० मेगावाट विद्युत् निर्यात गर्छौँ: राजदूत भण्डारी


काठमाडौं-नेपालले सुरुवाती चरणमा बङ्गलादेशलाई ४०–५० मेगावाट विद्युत् प्रदान गर्ने बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार बताएका छन् । ठुला विद्युत् परियोजना पुरा भएसँगै बङ्गलादेशमा थप विद्युत् निर्यात गर्ने प्रतिबद्धतासमेत भण्डारीले जनाएका हुन् ।

प्रधानमन्त्री शेख हसिनाका प्रेस संयोजक इसानुल करिमका अनुसार मंगलबार ढाकास्थित सरकारी निवासमा भएको भेटका क्रममा भण्डारीले सो कुरा बताएका थिए । द बिजनेस स्टान्डर्डका अनुसार भेटमा भण्डारीले नेपालमा यतिबेला ठुला विद्युत् परियोजनाहरू निर्माणका क्रममा रहेको जानकारी गराएका थिए ।

‘ती परियोजनाहरू पुरा भएपछि नेपाल थप विद्युत् निर्यात गर्न सक्षम हुनेछ,’ भण्डारीलाई उद्धृत गर्दै करिमले भने ।

यता ढाकास्थित नेपाली राजदूतावासले आजको भेटमा दुई देशबीचको सम्बन्ध, क्रस बोर्डर कनेक्टिभिटी, व्यापार, ट्रान्जिट, ऊर्जा, शिक्षा, पर्यटनलगायत विषयमा पनि छलफल भएको जनाएको छ ।