अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, भाइटीकाको दिन कस्तो छ मौसम ?

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, भाइटीकाको दिन कस्तो छ मौसम ?


काठमाडौं-हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि भाइटीकाको दिन प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा शुक्रबार पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।