अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आम निर्वाचनमा एमालेको बहुमत आउँछ : विष्णु पौडेल

आम निर्वाचनमा एमालेको बहुमत आउँछ : विष्णु पौडेल


नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताउनुभयो । सत्तारुढ गठबन्धनको काम हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति गरेको पनि उपाध्यक्ष पौडेलले बताउनुभयो।

अन्य सहयात्री दलहरुको सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाएर आगामी पाँच वर्ष मुलुक हाँक्ने उहाँको भनाइ थियो।