अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही २ गठबन्धनको समर्थन केशव थापालाई

रुपन्देही २ गठबन्धनको समर्थन केशव थापालाई


काठमाडौं-सत्ता गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ । पाँच दलीय सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गरी थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए ।

चेक बाउन्नसम्बन्धी मुद्दाका कारण निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो । यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहनुभएको छ ।