भक्तपुर – माओवादी नेताहरु भकाभक एमाले प्रवेश गर्ने लरह चलेपछि चितवनबाट गोर्खातिर प्रचण्ड भागेको महिना दिन नपुग्दै अर्का माओवादी नेता एमाले प्रवशे गर्नुभएको छ ।
आज माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी एमाले प्रवेश गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा रेग्मीसहित माओवादीनिकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमाले प्रवेश गरेको एमाले वागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिनुभयो । यसअघि माओवादीकै जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार एमाले प्रवेश गर्नु भएको थियो । परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्जविहीन भएको छ ।
एमाले प्रवेश गरेका रेग्मी माओवादी वागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत हुन् । पत्रकार नेता पोखरेल पनि वागमती प्रदेश कमिटीका सदस्य हुन् । रेग्मीले यसअघि माओवादी केन्द्र चितवनको पटकपटक जिल्ला सचिव, काठमाडौं र ललितपुरको समेत पार्टी सचिवको जिम्मेवारीम हुनुहुन्थ्यो । माओवादी केन्द्र ‘दाहाल एण्ड कम्पनी’ को रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिष्ट आन्दोलनलाई थप क्षति र बर्बादी हुने भन्दै रेग्मीले आफूहरू कम्युनिष्ट आन्दोलनका मूल धार एमालेमा समाहित भएको बताउनुभयो ।
पार्टी प्रवेश गर्ने कार्यक्रममा माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियारलगायतको उपस्थिति थियो ।






प्रतिक्रिया