अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कौडा खेलिरहेका ८ जना पक्राउ

कौडा खेलिरहेका ८ जना पक्राउ


काठमाडौं-कौडा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका पैयौटारस्थित भिम बाबु केसीको घरमा कौडा खेलिरहेको अवस्थामा बुधबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुको साथबाट १६ थान कौडा र दुई लाख ८६ हजार ६८०० नगद रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुमा प्रहरी वृत बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।