अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिहारका बेला पनि अध्यक्ष ओलीलाई एमाले प्रवेश गराउन भ्याइनभ्याई,लोसपा छोडेर यी नेता एमाले प्रवेश गरे

तिहारका बेला पनि अध्यक्ष ओलीलाई एमाले प्रवेश गराउन भ्याइनभ्याई,लोसपा छोडेर यी नेता एमाले प्रवेश गरे


भक्तपुर -तिहारको समयमा पनि अन्य पार्टी छोडेर नेकपा एमाले प्रवेश गर्ने लहर रोकिएको छैन । यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टीका दुईजना केन्द्रीय सदस्य केही प्रदेश सदस्यहरु एमालेमा प्रवेश गरेका छन् ।
केन्द्रीय सदस्यहरु राजाराम साह,प्रिय रानी रश्मी सिंह प्रदेश सदस्य राजकुमार सिंह लगायत एमले प्रवेश गरेका छन् । उनीहरुलाई हिजो साँझ अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा एमाले प्रवेश गराउनु भएको हो । केन्द्रीय सदस्य सुमन प्याकुरेलको संयोजनमा उनीहरुलाई एमाले प्रवेश गराइएको हो । अध्यक्ष ओलीले एमाले प्रवेश गरेकाहरुलाई क्षमताका आधारमा जिम्मेवारी दिइने बताउनुभएको छ । एमाले प्रवेश गरेकाहरुले विगतमा मधेसवादी नेताहरुको लहरडमा लागेर एमाले विरुद्ध लागे पनि अहिले मधेसीको हित र विकास एमाले बाहेक अर्को पार्टीबाट सम्भव नहुने बताएका छन् ।

हिजो नै चितवनबाट पनि माओवादी छोडेर नेताहरु एमालेमा प्रवेश गरेका छन् ।