अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा लडेर दुईजनाको मृत्यू

मकवानपुरमा लडेर दुईजनाको मृत्यू


हेटौंडा- मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ ।

हेटौंडा(१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी भीमफेदी(१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।