अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा कालिपुजाको शोभायात्रा निकाल्ने क्रममा विवाद,प्रशासनले लगायो कर्फ्यू

महोत्तरीमा कालिपुजाको शोभायात्रा निकाल्ने क्रममा विवाद,प्रशासनले लगायो कर्फ्यू


काठमाडौं- जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाको भंगाह नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
बिहीबार कालीपूजाको शोभायात्रा निकाल्ने क्रममा हिन्दु र मुस्लिम समूदायबीच झडपको स्थिती सिर्जना भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
बिहीबार साँझ प्रशासनले सूचना प्रकाशित गरी दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १, बगडा चौक, पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीबाट जारी आदेशमा ‘भंगहा नगरपालिकाको देहायका चारकिल्ला भित्र सम्प्रादायिक सदभाव खलल पुग्ने गरी दुई पक्ष बीच झडपको स्थिति सिर्जना भई शान्ति सुरक्षाको स्थिति भंग हुन सक्ने अवस्था सृजना भएको हुँदा स्थितिलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको, पूनः उक्त घटना दोहोरिन नदिन र जनधनको क्षति हुनबाट रोक्न अत्यावश्यक सेवा वाहेक उक्त स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता कृयाकलाप गर्न नपाउने’ उल्लेख छ।

प्रशासनले आज साँझ ४ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पार्दै उक्त आदेशको बर्खिलाप भएमा कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ।(