अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज देखि चार दिन झापामा, भद्रपुर देखि गौरीगञ्जसम्मका १३ वटा कार्यक्रममा सहभागी हुने

अध्यक्ष ओली आज देखि चार दिन झापामा, भद्रपुर देखि गौरीगञ्जसम्मका १३ वटा कार्यक्रममा सहभागी हुने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन प्रचार अभियानका लागि आजबाट चारदिनका लागि झापा जाँदै हुनुहुन्छ । भद्रपुरमा आयोजना हुने कार्यक्रम सहित गरेर अध्यक्ष ओलीले १३ वटा स्थानीय स्तरका भेला र भेटघाटहरुमा सहभागी हुनुहुनेछ ।
एमाले पोलिटव्यूरो सदस्य एवं झापा ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार आज २ बजे भद्रपुरमा अवतरण गरेर त्यहाँ आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । स्थानीय सिटी गार्डेन होटलमा आयोजना हुने कार्यक्रमलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । दाहालका अनुसार अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक वडा नं ५,८ र ९ र ५ बजे दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नुहुनेछ ।
यसैगरी भोली अर्थात कात्तिक १२ गते दमक वडा नं ३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ । यसैगरी कमल गाउँपालिकाको बाह्रघरेमा आयोजना हुने मतदाता तथा कार्यकर्ता भेलामा दिउसो १२ बजे अध्यक्ष ओली सहभागी हुने कार्यक्रम छ । भोली नै दमकको दिउसो २ बजे वडा नं ९ र १० को संगम चोकमा आयोजना हुने भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै अपरान्ह ४ बजे दमक वडा नं १ र २ का स्थानीय बासिन्दाहरुसँग हिमालय माध्यमिक विद्यालयमा अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ ।
पोलिटव्यूरो सदस्य दाहालका अनुसार कात्तिक १३ गतेका कार्यक्रम गौरादह र गौरीगञ्ज केन्द्रीत छन् । जस अनुसार विहान ११ बजे दामुना बजारमा आयोजना हुने भेला तथा अन्तरक्रियालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । दिउसो १.३० बजे गौरादहको हाँसखोरामा आयोजना हुने भेलामा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । यस्तै २.३० बजे पुरानो ग्वाल्डुबा बजारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । यस्तै ३.३० बजे जुरोपानी चोक शिवालय सभाहलमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । अपरान्ह ४.३० बजे अध्यक्ष ओली गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुने दाहालले जानकारी दिनुभयो ।
कात्तिक १४ गते विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको दाहालले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीका निर्वाचन परिचालन कमिटीका संयोजक दाहालले प्रत्येक भेलामा अधिक मतदाता र कार्यकर्ताहरुलाई सहभागी गराउन प्रत्येक टोल कमिटीलाई निर्देशन दिइएको बताउनुभएको छ । भेलामा चुनावी तालमेल गरेको राप्रपाका कार्यकर्तालाई सहभागी गराउन भनिएको छ । भेलामा विकास निर्माण,शिक्षा,स्वास्थ्य तथा जनजीविकाका सवालहरुसँग सम्बन्धित सुझावहरु अध्यक्ष ओलीलाई दिन सकिनेछ ।