झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपाको सहकार्य हुने बताउनु भएको छ ।
झापामा एमाले-राप्रपा संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले देश अफ्ठ्यारोमा परेका बेला आफू एमालेको साथमा रहने बताउनु भयो ।
चुनाव केन्द्रित भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भन्नुभयो, ‘नेपालको राजनीतिमा देशलाई अप्ठ्यारो पर्यो भने, हामी एक ठाउँ उभिएर सामना गर्न तयार छौं।’
उहाँले आफ्नो निर्वाचन क्षेत्रमा केही विकास भएन भनेर गठबन्धन नेताहरूले आरोप लगाइरहेको उल्लेख गर्दै विजयी प्रतिनिधिले नभई हारेको नेताले विकास गर्छ त ? भन्दै प्रश्न गर्नुभयो ।






प्रतिक्रिया