अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुल घर फर्केपछि केन्द्र प्रसाईं भन्नुहुन्छ : अब केपी ओली जिताउन लाग्छु

मुल घर फर्केपछि केन्द्र प्रसाईं भन्नुहुन्छ : अब केपी ओली जिताउन लाग्छु


झापा -नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं एमालेमा प्रवेश गर्नुभएको छ ।
दमकका प्रतिष्ठित व्यवशायी समेत रहेका प्रसाईं पार्टी भित्र केही विमती राखेर नेकपा एसमा लाग्नु भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज साँझा उहाँ सहित १ सय १ जनालाई एमालेमा प्रवेश गराउनुभएको छ ।
पार्टी प्रवेश गरेपछि बोल्दै प्रसाईंले एमालेजति विधी र पद्धतीमा चल्ने पार्टी अर्को नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो एमालेमा केही असहमती राखेर हामी बाहिरिएका थियौं तर एमाले जतिको कार्यकर्ता परिचालन हुने,अनुशासनमा बस्ने र विधीमा चल्ने अर्को पार्टी रहेनछन् । केही दिनपछि नेकपा एसका दमक नगर,झापा जिल्ला,प्रदेश र केन्द्रीय परिषदमा रहेका धेरै साथीहरु एमाले प्रवेश गर्ने प्रसाईंले बताउनुभयो ।

एमालेमा छँदा प्रदेश कमिटी सदस्य रहेका प्रसाईंले अब एमाले र अध्यक्ष ओलीलाई जिताउन आफू लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
दमक क्याम्पस मोडमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ओलीले भूलचुकमा पार्टी बाहिर रहेका साथीहरुलाई एमालेमा प्रवेश गर्न आग्रह गर्नु भएको छ । एमालेमा क्षमताका आधारमा जिम्मेवारी दिइने बताउनुभयो ।