झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको गौरव र प्रतिष्ठा माथि उठाउने पार्टी एमाले मात्रै रहेको बताउनु भएको छ ।
झापाको दमकमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनावपछि देश र जनताको पक्षमा काम गर्ने सरकार बन्नुपर्ने बताउनुभयो ।
एमालेका जनप्रतिनिधिले मात्र देशको गौरव र प्रतिष्ठा माथि उठाउने पनि उहाँले बताउनुभयो ।
मंसिर ४ को चुनावबाट पनि देशको गौरव र प्रतिष्ठा माथि उठाउने एमालेको सरकार बन्ने अध्यक्ष ओलीले बताउनुभयो ।
गठबन्धन देशको भलो नभइ विदेशीको भलो गर्ने अध्यक्ष ओलीले बताउनुभयो । अहिलेको गठबन्धन खान जन्मिएको गठबन्धन भएको बताउँदै उहाँले भन्नुभयो, ‘यो खान जन्मेको गठबन्धन हो, देश बिगार्ने गठबन्धन हो, देशको भलो होइन विदेशीको भलो गर्ने हो, सत्ता र शासनमा टिक्नका लागि यिनीहरुले जे पनि गर्छन् ।’

देश बनाउने कुरा गम्भीर विषय भएको भन्दै अध्यक्ष ओलीले एमाले बाहेक अरुले देश बनाउन र बचाउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषिको आधुनिकीकरण गर्न, उद्योगहरु स्थापना गर्न, उद्योग बढाउन, आत्मनिर्भर अर्थतन्त्र बनाउन, राष्ट्रिय उत्पादन बढाउन, राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सरकार सरकार जस्तो होस्, कानुनमा चलोस्, जनतालाई हेरोस्, विकासको नेतृत्व गरोस्, देशको रक्षा गरोस्, देशको हितको रक्षा गरोस्, स्वाभिमानको रक्षा गरोस् त्यस्तो सरकार बन्नुपर्छ ।’
सत्ता गठबन्धनले मंसिर ४ को चुनाव देशभक्त र देशविरोधी शक्तिबीचको लडाइँ भएको अध्यक्ष ओलीले बताउनुभयो । मंसिर ४ गते हुने चुनाव केन्द्र र प्रदेश दुबैका लागि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै उहाँले सो चुनावले देशको भाग्य र भविष्यको फैसला गर्ने उहाँको भनाइ छ ।

विकासको अभियन्ता एमालेले अगुवाइ गरेको, देशभक्तिपूर्ण शक्ति, भौगोलिक अखण्डताको नेतृत्व गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, देश विकासको अभियान र राष्ट्रिय अभियानलाई अगाडि बढाउने शक्ति एकातिर र अर्कोतिर कांग्रेसको नेतृत्वमा रहेको जनविरोधी, देशविरोधी, विकासविरोधी शक्ति रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले विकास गर्ने पार्टी एमाले मात्रै रहेको बताउनुभयो । आफूले देशको विकास र स्वाभिमानका लागि असाधारण काम गरेको ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेले विकास कसरी गर्छ तपाइँहरुले देख्नुभएको छ, मैले कसरी विकास गर्न सक्छु, देशलाई कसरी माथि उठाउन सक्छु, कसरी काम गरेको छु, देश विदेशमा नेपालको परिचय सम्मान प्रतिष्ठा कसरी उठाएको छु, देशमा विकासको लहर कसरी अगाडि बढाएको छु,त्यो कुरा कांग्रेस माओवादी र एस भन्ने विरोधीहरुले देख्न सक्दैनन्,तपाइँहरुले देख्नुभएको छ ।
कांग्रेस र माओवादीले १६ महिनामा देशलाई कंगाल बनाएका अध्यक्ष ओलीले बताउनुभयो । देशको अर्थतन्त्र पूरै तहसनहस भएको भन्दै उहाँले देश अरबौं अरब घाटामा गएको बताउनुभयो ।






प्रतिक्रिया