भिलझिले – झापा क्षेत्र नं ४ अन्तरर्गतका दुई नगरपालिकामा र एक गाउँपालिकामा निर्वतमान साँसद एलपी साँवाको पहलमा ४० शैयाका सुविधासम्पन्न अस्पताल निर्माण भइरहेका छन् । झापाको झापा गाउँपालिका स्थित शरणामतीको पश्चिमतर्फ एक भव्य भवन बनिरहेको छ । यो भवन हो १० शैया क्षमता भएको झापा आधारभूत अस्पतालको ।
७ करोड २५ लाख ९ हजार ८ सय ७७ रुपैयाको लागतमा अस्पताल बनिरहेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ‘एक पालिका एक अस्पताल’ बनाउने नीति बन्यो । सोही नीति अनुरुप यहाँका साँसद एलपी साँवाको सिफारिसमा यी तीनवटा अस्पतालको निर्माण सुरु भएको हो । यस्तो दुरगामी योजना बनाएर हरेक नागरिकलाई स्वाथ्यमा पहुच पुर्याउने सङकल्पलाई पुरा गर्न साँवाले यो क्षेत्रमा ठुलो भूमिका निर्वाह गर्नूभएको छ ।
झापाको पुरानो सदरमुकाम भएर पनि पिछडिएको यो क्षेत्रमा लामो समय अस्पताल निर्माण कसैको प्राथमिकतामा परेन । साँवाभन्दा पहिले पनि यहाँबाट जितेर गएका नेताहरु साँसद मात्र होइन मन्त्री पनि बने तर जनताको उपचार पाउने आधारभुत आवश्यकतातर्फ कसैको ध्यान गएको थिएन । साँवाले जनताका माग बमोजिम प्रारम्भिक चरणमा अस्पताल यी तीन पालिकामा अस्पताल निर्माणको सिफारिस गर्नुभएको हो ।
‘१० शैयाको अस्पताल बनिरहेको छ । सावाको पहल र सकृयतामा समयमै बजेट बिनीयोजन भएकै कारण अस्पताल निर्माणले द्रुत गती लिएको हो ’ शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा भन्नुहुन्छ ‘यी अस्पतालहरु निर्माण भइसक्दा मध्य झापाका मानिसहरु सामान्य दुख विमारको उपचार गर्न कहिले दमक त कहिले विर्तामोड जानुपर्ने बाध्यता हटेर जान्छ । ’
निर्वाचन क्षेत्र नम्बर ४ शिवसताक्षी नगरपालीकामा १५ शैयाको शिवगञ्ज अस्पताल र कनकाई नगरपालिकामा पनि १५ शैयाकै अस्पताल निर्माण भैरहेकाछन । यि तीनबटै अस्पतालहरुको भौतिक निर्माण अन्तिम चरणमा पुगेको छ । ‘केही सयम मै निर्माण सम्पन्न हुने र अर्को चरणमा अस्पताल सञ्चालन गर्ने तयारी छ ’ एक स्थानीय वासिन्दा भन्छन् ‘एलपी साँवाको दोस्रो कार्यकालको सुरुवाती चरणमा नै यी तीनवटै अस्पताल सञ्चालन हुने हाम्रो अपेक्षा छ । ’
आफ्नो पहल प्रयत्नमा निर्माण सुरु गरिएका अस्पताल देखेर साँवा पनि उत्साहित हुनुहुन्छ । ‘अस्पताल निर्माण धमाधम भैरहेको छ, मेरै पालामा शिलान्यास गरिएका यी अस्पताल अव मेरै पालामा सञ्चालन गर्छु’ साँवा भन्नुहुन्छ ‘अस्पाताल सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिक लाभान्भिव हुने छन् । ’
जनताको आधारभुत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो विषयलाई प्राथमिकतामा राखेर आफूले काम गरेको साँवाको भनाइ छ । ‘कम्तीमा आधारभुत उपचार नपाएर यस क्षेत्रका नागरिकले ज्यान गुमाउनु नपरोस भन्ने मेरो चाहना हो ’ साँवा भन्नुहुन्छ ‘त्यसैले अस्पताल निर्माणको काम द्रुतगतिमा सक्न मेरो पहल अहिले पनि उत्तिकै छ । ’ यी तीनवटै अस्पतालमा विशेषज्ञ सहितको उपचार सेवा उपलब्ध गराउने साँवाको प्रतिवद्धता छ ।
यी अस्पतालहरुमा एमबिबिएससहितका विषयका विज्ञ चिकित्सकसहित आधुनिक प्रविधिका उपकरणहरुका चाँडै सेवा सुरु हुँदैछ । यस क्षेत्रका जनता भन्छन् ‘अधुरा काम पुरा गर्नका लागि पनि एक पटक हामीले एलपी साँवालाई संसदमा पठाउनुछ ।’
प्रतिक्रिया