अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्पतालको बेडमा हुँदा पनि देशकै बारेमा सोचे : अध्यक्ष ओली 

अस्पतालको बेडमा हुँदा पनि देशकै बारेमा सोचे : अध्यक्ष ओली 


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  अस्पतालको बेडमा हुँदा पनि देशकै बारेमा सोचेको बताउनु भएको छ । आज झापामा आयोजित एमाले र राप्रपाको मतदातासँगको भेटमा अध्यक्ष ओलीले राम्रोसँग नसुतेर, नखाएर देशको लागि सोचेको बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘हामीले मौका पाउँदा देशमा असाधारण विकास गरेका छौँ । मैले ४१ महिना सरकार चलाए । सरकार बनाउन नदिने काम भयो । सरकार राम्रोसँग चल्न नदिने षडयन्त्र गरियो । पार्टीभित्रका घुसपैठले पार्टी र सरकार चल्न नदिने षड्यन्त्र भयो ।’ 

अध्यक्ष ओलीले देशमा सबैभन्दा बढी मतले जित्ने सांसदका रूपमा पठाएको कुरा आफूले सम्झिरहेको बताउनुभयो ।