अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले रेलको विरोध गर्‍यो, तर उसैले घोषणापत्रमा रेल राख्यो : अध्यक्ष ओली 

कांग्रेसले रेलको विरोध गर्‍यो, तर उसैले घोषणापत्रमा रेल राख्यो : अध्यक्ष ओली 


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुमा रेलको विरोध गरेको नेपाली कांग्रेसले घोषणापत्रमा रेलको योजना राखेको बताउनु भएको छ । आm झापामा एमाले र राप्रपाको मतदातासँगको भेटमा अध्यक्ष ओलीले रेल आफ्नो योजना भएको बताउनु भयो । उहाँले आफ्नो योजनामा जनकपुरमा रेल पुगेको भन्दै त्यहाँका जनताले आफूलाई धन्यवाद समेत दिएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘रेल मेरो अवधारणा हो । जनकपुरमा रेल सुरु भइसक्यो । त्यहाँका मान्छेले मलाई धन्यवाद भने । कांग्रेसले रेलको विरोध गर्‍यो । तर उसैले अघिल्लो निर्वाचनमा घोषणापत्रमा छाप्यो ।’ 

उहाँले रक्सौल-काठमाडौं , काठमाडौं-केरुङ, पूर्वपश्चिम रेल बन्ने बताउनु भयो । उहाँले मंसिरपछि रेलको मुआब्जा समस्या समाधान हुने बताउनु भयो । किसानको जमिन लिएर सरकारले होल्ड गर्न नमिल्ने बताउँदै उहाँले त्यो समस्या आफूले बुझेको बताउनु भयो । उहाँले रेल प्रशासनको कमजोरी भएको पनि बताउनु भयो ।