कालिकोट – कालिकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटक पदार्थ पड्किदा बालिकाको मृत्यु भएको छ ।
विष्फोटक पदार्थ पड्किए घाइते भएको ४ वर्षीया बालिकाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको हो ।
बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको भने घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् ।
घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ ।
घाइते बालबालिकाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यलयले जानाएको छ । कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्नेबारे कुनै जानकारी नभएको प्रशासन कार्यलयको बताएको छ ।





प्रतिक्रिया