काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताउनु भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारलाई विशेष जोड दिएको बताउनु भएको हो ।
उहाँले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताउनु भयो । उहाँले समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरालाई पार्टीले केन्द्रमा राखेको दाबी गर्नुभयो ।
महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गर्नुभयो । महामन्त्री शर्माले राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निरन्तरतामा नविनता हामीले भनेका छौँ। आज घोषणापत्र सार्वजनिक हुँदै गर्दा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार, नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने नारा हमीले घोषणा पत्रसँगै सार्वजनिक गरेका छौँ । नेपाली समाजको जुन विविधता हो, हिमाल, पहाड, तराईको वा समावेशीताको अनुहार हो, त्यसको प्रतिनिधित्व भएको छ। हामीले मानिसलाई केन्द्रमा राखेका छौँ । हामीले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेका छौँ।’






प्रतिक्रिया