कास्की – नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होम नेपाली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
आज एमाले कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सचिव नेपालीले एमालेमा प्रवेश गरेको एमाले पोखरा महानगरका अध्यक्ष दिलिप न्यौपानेले बताउनुभयो ।
एमाले उत्पीडित जातिय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उहाँलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो ।
विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।






प्रतिक्रिया