अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको सेवक बन्न चुनावी मैदान आएको हुँ : महेश बर्तौला

जनताको सेवक बन्न चुनावी मैदान आएको हुँ : महेश बर्तौला


मकवानपुर – नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवं मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले जनताको सेवाको लागि आफूले राजनीति गरेको बताउनुभएको छ

थाहा नगरपालिका–१० मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले जनताको सेवक बनेर काम गर्ने तयारीका साथ चुनावी मैदानमा होमिएको बताउनुभयो ।

उहाँले आम मतदान र यस क्षेत्रका लागि ५ वर्ष असली सेवक बन्ने र यस क्षेत्रका नागरिकको घर-आँगनमा रहने बताउनु भयो । उहाँले भन्नुभयो, ‘पदको लोभमा २० वर्ष एमालेले सांसद बनाएको पार्टीलाई फुटाएर माओवादी र कांग्रेसको ढाडमा टेकेर आज आफ्नै सहकर्मीहरुसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।’

नेता बर्त्तौलाले भन्नुभयो, ‘एक थान मन्त्रीको लोभमा आफ्नो घर जलाएर खरानी बनाएकाहरु एमालेबाटै ४ पटक चुनाव जितेर सांसद् बनेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा पाइला नटेक्नेले अहिले त्यो बेलाको सहकर्मीसँग नै चुनाव लड्नु पर्ने परिस्थिति बनेको छ ।’