दमक – नेकपा एमालेका नेता एवं झापा क्षेत्र नम्बर ५ २ का प्रदेश सभा उम्मेद्वार होमबहादुर थापाले अवरुद्ध विकास निर्माणका कामहरु एमालेले पूरा गर्ने बताउनु भएको छ ।
नेता थापाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहभागी भएको चुनावी कार्यक्रममा बोल्दै दमकमा मदन भण्डारी रंगशाला र कमल गाउँपालिकामा आदिवासी रंगशाला बन्ने बताउनुहुँदै भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रम पार्न सक्छन् तर कुनै पनि भ्रममा नपर्न आम जनतालाई म अनुरोध गर्दछु ।’
हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले रतुवा र मावा खोला तटबन्धन सहित ग्रिनबेल्ट निर्माण गरी हरियाली बनाउने योजना ल्याएको भन्दै अहिले खोलाको आसपास रहेका सुकुम्बासीहरुलाई उठाउन खोजिएको भन्दै यस्तो हुन नदिने पनि थापाले बताउनु भयो ।
हामी कसैको घरबास उठाउदैनौ उहाँले भन्नुभयो। चिया बगान क्षेत्रभित्रका सुकुम्बासीहरुको समस्या सामधान गर्ने पनि उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रदेश सभा सदस्य उम्मेद्वार थापाले अहिले गठबन्धन सरकारले यहाँका विकास निर्माणका कामहरुमा बजेट नदिएर अलपत्र पारेको सबैको आँखा अगाडि रहेको भन्दै उनीहरुबाट विकास सम्भव छैन भन्ने देखिएको बताउनुभयो ।
दमक अस्पतालको भवन बनाइसकेको अवस्थामा अहिले पनि त्यहाँको सेवा अति अस्तव्यस्त रहेको उदाहरण दिंदै अब एमालेको प्रदेश र संघीय सरकार बनेपछि यहाँका यावत समस्याहरु सामधान हुने थापाले बताउनुभयो ।






प्रतिक्रिया