झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब दुर्गम होइन, सुगम देश भएको बताउनुभएको छ ।
झापामा उम्मेदवारहरुको जनता भेटघाट तथा अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले शेरबहादुर देउवालाई पाँच वटा अदालति पण्डितले प्रधानमन्त्रीमा बिराजमान गराएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले देशलाई भ्रष्टाचारको अखडा बनायो ।’
अध्यक्ष ओलीले आफनो नेतृत्व सरकारको पालामा भूकम्पले भत्काएका ७ लाख भन्दा बढी घर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्पले भत्काएका घरहरु मात्र होइनन्, हुलाकी राजमार्ग मेरै पालामा सुरु गरेको हो । कर्णाली करिडोर, कालिगण्डकी करिडोर, तमोर करिडोर मुस्ताङ रमनाङ जाने सडक बनायौं । मदन भण्डारी राजमार्ग,मध्यपहाडी राजमार्गको द्रुत निर्माणले नेपाललाई अब सुगम मुलुक बनाएको छ ।’
सडक सञ्जालले सबैतिर जोडिएको उहाँले बताउनुभयो । चीनतिरबाट पनि बाटो खोलिसकेको बताउनु भयो ।








प्रतिक्रिया