अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका मतदातासँग एमाले अध्यक्ष ओलीको भेटघाट र अभिमुखीकरण कार्यक्रममा व्यस्त

दमकका मतदातासँग एमाले अध्यक्ष ओलीको भेटघाट र अभिमुखीकरण कार्यक्रममा व्यस्त


झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचार अभियानको क्रममा गृह जिल्ला झापामा हुनुहुन्छ ।

शुक्रबार झापा पुग्नुभएका अध्यक्ष ओली शुक्रबारदेखि नै चुनावी कार्यक्रममा व्यस्त हुनुभएको छ । शुक्रबार राप्रपा र नेकपा एमालेले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका ओली शनिबार दमकमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुनुभएको छ ।

शनिबार दमकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको एमाले अध्यक्ष तथा उम्मेदवारसँगको जनता भेटघाट साथै अभिमुखीकरण कार्यक्रममा ओली सहभागी हुनुभएको छ । कार्यक्रममा ओलीले सो क्षेत्रका मतदातासँग भेटघाट गर्नुका साथै उहाँहरूको सुझाव र गुनासो सुन्नु भएको छ ।

त्यस्तै उहाँले देशको वर्तमान राजनीतिक अवस्था र एमालेको चुनावी एजेण्डाको बारेमा प्रष्ट पार्नुभएको छ । विकास प्रतिको एमालेको दृष्टिकोण पनि अध्यक्ष ओलीले मतदाता समक्ष राख्नु भएको छ ।