अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशकै नजर केपी ओलीको निर्वाचन क्षेत्रमा : एकनाथ ढकाल

देशकै नजर केपी ओलीको निर्वाचन क्षेत्रमा : एकनाथ ढकाल


झापा – नेपाल परिवार दलको अध्यक्ष एकनाथ ढकालले देशकै नजर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा रहेको बताउनुभएको छ ।

अध्यक्ष ढकालले केपी शर्मा ओलीलाई सर्वाधिक मतान्तरले जिताउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अन्तका मतदाताको मतले सँसद बन्छन् यहाँका मतदाताको मतले प्रधानमन्त्री बन्छ ।’

अध्यक्ष ढकालले गठबन्धन काल्पनिक बैठकमा रम्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव नजितीको राष्ट्रपति को ?उपराष्ट्रपति, सभामुख फलना भन्दै पद बाँड्ने गरेका छन् ।’

यस क्षेत्रबाट माओवादी काँग्रेसले पनि अध्यक्ष ओलीलाई मत दिएर इतिहास रच्नु पर्ने उहाँले बताउनुभयो ।