अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता

वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता


सुर्खेत – सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको समूह भेरीगङ्गा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो । बेपत्ता खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा गएको छ ।