अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जनताका समस्या समाधान गर्न चाहन्छ : आनन्द श्रेष्ठ

एमाले जनताका समस्या समाधान गर्न चाहन्छ : आनन्द श्रेष्ठ


रामेछाप – नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले आगामी मंसीर ४ गते हुने निर्वाचनमा एमालेले किन जित्न आवश्यक छ भन्ने विषयमा हरेक मतदाता जानकार हुनुपर्ने बताउनुभएको छ ।

शनिबार रामेछाप नगरपालिका–७ सुकाजोरमा आयोजित पार्टी निर्वाचन प्रचार कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले एमालेले पार्टी सदस्य मार्फत मतदाताको बीच यी कुरा लैजानु पर्ने बताउनुभयो । बदलिँदो राजनीतिक परिस्थितिसँगै व्यवस्था माथि उठेका प्रश्नको कसरी हल गर्न सकिन्छ भन्ने विषयमा एमाले चिन्तित भएको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेले गाउँमा नै बस्ने वातावरण बनाउने काम सुरु गरेको श्रेष्ठले बताउनुभयो। अहिले गाउँमा नै सडक, विद्युत्, विद्यालय, अस्पताले कृषि र पशुपालनमा आधारित रोजगारीको आधार तयार भएको श्रेष्ठले प्रष्ट पार्नुभयो । ‘एमाले जनताका समस्या समाधान गर्न चाहन्छ’, उहाँले भन्नुभयो ।

एमाले सुरु गरेको विकास अभियान विरुद्ध गठबन्धन लागेको उहाँले बताउनुभयो । गठबन्धनका दलहरू प्रत्यक्ष निर्वाचनको उम्मेदवारीमा नै खुम्चिएकाले उनीहरूले देश चलाउन नसक्ने श्रेष्ठले दाबी गर्नुभयो ।