शिवसताक्षी – मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजीनामा दिएको छ ।
पार्टीमा फरक मत राख्दै आएको नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल नगर अध्यक्ष इन्द्र न्यौपाने, वडाध्यक्ष नेत्र नेम्वाङ्ग, नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष संजिव राईसहित ४० जनाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
पार्टी विधि र पद्धतीबाट नचहली व्यक्ति हावी भएको भन्दै बाध्य भएर पार्टीबाट अलग भएको नगर उपाध्यक्ष प्रेमयाम्फु राईले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘हामीले ४२ सुत्रीय मागहरु पार्टीमा राखेको लामो समयसम्म पनि पार्टीले वेवास्था गरेकाले बाध्य भएर राजीनामा दिनु परेको हो ।
पार्टीका उपध्यायक्ष राईसहितको टोलीले बदलिदो राजनीतिक परिस्थितिसँग युवा वर्गहरुलाई पछि पार्दै राजीतिक छवि भएकालाई पाखा र गोजीका मानिसलाई माथिल्लो तहमा पु¥याउने परिपार्टी पार्टीमा विकास हुँदै गएको, कार्यकर्ताबीच फुटाउ र आन्तरिक शक्ति आफूमा निहित बनाउने नेतृत्वको भूमिका रहेकाले पनि पार्टी बसेर काम गर्न नसकिने भएकाले बाध्य भएर यो निर्णयमा पुगेको नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङले बताउनु भयो । उहाँका अनुसार राजीनामा दिएको टोलीले स्वतन्त्र जीवन बिताउने समेत निर्णय गरेको छ ।






प्रतिक्रिया