काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्व सूर्यको उपासना गर्ने र सबै नेपालीको साझा पर्व भएको बताउनुभएको छ ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले नेपालीहरु प्राचिन सभ्यता र सँस्कृतिमा धेरै धनी भएको बताउनुभएको छ । छठ पूर्व उदाउदो सूर्यलाई पुजा गरेर मनाइने पर्व भएको ओलीले स्मरण गर्नु भएको छ । ‘सूर्यको प्रकाश,तेज पराक्रम,गति आदिको बारेमा र सारा सृष्टिको रचना र सञ्चारनका बारेमा अन्धकारलाई उज्यालो तर्फ लैजाने बारेमा सूर्यको चर्चा हुने गरेको छ ’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ।
छठको अवसरमा सूर्यका उपासक,प्रार्थना गर्नेहरु सबैप्रति अध्यक्ष ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।





प्रतिक्रिया