झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दक्षिणी क्षेत्रका पाँचवटा ठाउँमा मतदाता भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
झापा क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार गौरादह ६ को दामुना बजारमा विहान ११ बजे अध्यक्ष ओलीले कार्यकर्ताका गुनसाा सुन्ने र सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी १.३० बजे हाँसखोरामा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै पुरानो ग्वालडुब्बा बजारमा अपरान्ह २.३० बजे हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।
दाहालका अनुसार ३.३० बजे जुरोपानीको शिवालय सभाहलमा हुने कार्यकर्ता भेलालाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै अपरान्ह ४.३० बजे गौरीगञ्जमा आयोजना गरिएको कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।






प्रतिक्रिया