अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी एमालेको प्रतिबद्धता सार्वजनिक : सुरुङ मार्ग, स्वास्थ्य र शिक्षामा जोड  

गण्डकी एमालेको प्रतिबद्धता सार्वजनिक : सुरुङ मार्ग, स्वास्थ्य र शिक्षामा जोड  


पोखरा-नेकपा एमाले गण्डकी प्रदेश कमिटीले निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।  ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहित एमाले गण्डकीले आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिबद्धता पत्रमा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै एमाले सरकार बनेमा कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउने प्रतिबद्धतामा उल्लेख छ ।

स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने, नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

शिक्षामा गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गरिने  एमालेको दाबी छ ।