अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरीगञ्जलाई आधुनिक र व्यवस्थित शहर बनाउने योजना छ : अध्यक्ष ओली

गौरीगञ्जलाई आधुनिक र व्यवस्थित शहर बनाउने योजना छ : अध्यक्ष ओली


गौरीगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक शहर र विकसित गरिने बताउनुभएको छ ।

नेकपा एमाले जनता भेटघाट तथा अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मंसीर ४ गते चुनावपछि बन्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यहाँको समस्या बारे मलाई थाहा छ । त्यसकार सूर्य चिन्हमा (एमाले)लाई भोट दिएर जिताउनुस् यहाँको समस्याको हल गर्ने छु ।’

गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता गर्दछु ।’

उहाँले मधेसीका नागरिकताका समस्या समाधान गर्ने बताउनुभयो ।