काभ्रे – नेकपा एकीकृत समाजवादी पनौती नगरपालिका वडा नम्बर १२ को कमिटी नै एमालेमा प्रवेश गरेका छन् ।
बागमती प्रदेशका मन्त्री तथा नेकपा एस काभ्रेका अध्यक्ष वसुन्धरा हुमागाईँको गृह वडाको कमिटीले निर्णय नै गरेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
आज बसेको बैठकले नेकपा एमालेमा समाहित हुने निर्णय गर्दै एमालेमा फर्केपछि साबिकको जिम्मेवारीमा समायोजन गर्ने सहमति समेत भएको निर्णयमा उल्लेख गरिएको छ ।
एमालेमा प्रवेश गर्ने निर्णयमा जिल्ला कमिटी सदस्य लक्ष्मण कार्की, उपाध्यक्ष देवगराज केसी, वडा कमिटी इन्चार्ज क्षेत्रबहादुर तामाङ, वडा कमिटी अध्यक्ष प्रह्लाद केसीलगायत १६ जना नेताहरूले हस्ताक्षर गरेका छन् ।
यो वडामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एसका जयराम केसी वडाध्यक्ष विजयी हुनुभएको थियो।







प्रतिक्रिया